IME Life New

लक्ष्मी लघुवित्तद्धारा स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया नगरपालिकाको मगरागढी प्राथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार नगद प्रदान गरेको संस्थाले जनाएको छ ।

हाल कोभिड–१९ को माहामारीमा संक्रमित भई अस्पतालमा उपचारित संस्थासँग आवद्ध सदस्यहरु र सदस्यको परिवारलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग निरन्तररुपमा उपलब्ध गराई रहेन वित्तीय संस्थाले जनाएको छ ।

Esewa
Crest

आर्थिक सहायता ग्रहणको क्रममा स्वास्थ्य केन्दका अधिकृत डा. रोशन सापकोटाले भने “कोभिड–१९ को माहामारी बढेसंगै आर्थिक अवस्था अपुग हुँदा सहयोगको अपिल गरेका थियौ र सो कार्यलाई मनन् गदै सहयोगको हात अगाडि बढाई सहयोग गरिदिनु भएकोमा उक्त सहयोगको उचित कदर गर्दै बिरामीहरुलाई जति सक्दो उचित किसिमको स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ”।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS