काठमाडौं । आज शेयर बजार नेप्से ६ दशमलव ३७ अंकले बढ्दा ९ अर्ब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ । पछिल्लो समय पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ । आज पनि नेपाल पुनर्बीमा कै सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य भने ६ रुपैयाँले घटेको छ ।
त्यस्तै, बैंक अफ काठमाण्डूको ३४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २१ रुपैयाँले बढेर ३ सय ५१ रुपैयाँमा कायम भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले बढेर १२ सय ८९ रुपैयाँ कायम भएको छ ।