IME Life New

विद्युत नियमन आयोगमा नवनियुक्त पदाधिकारीले गरे सपथग्रहण, धितालले सम्हाले कार्यभार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत नियमन आयोगमा अध्यक्ष डा. रामप्रसाद धितालले अन्य तीन सदस्यसहित बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहरण गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अध्यक्ष धिताललाई आफ्नो कार्य कक्षमा सपथ ग्रहण गराए । धिताल दोश्रो पटक ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त भएका हुन् । अध्यक्ष पदमा पुनः नियुक्तिसँगै धितालले आयोगका सदस्यहरू जयराज भण्डारी, बलराम सिलवाल र लोकराज पाठकलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

Esewa
Crest

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाइ आयोगको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो। आयोगमा महिला सदस्यको एक पद भने अझै रिक्त रहेको छ।

सदस्यमा नियुक्त गरिएकामध्ये भण्डारी र सिलवाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त निर्देशक हुन् । यसैगरी अर्का नवनियुक्त सदस्य पाठक ऊर्जा, जलस्रोत तथा नियामक क्षेत्रसँग सम्बन्धित अनुभवी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS