IME Life New

नेष्डो समृद्ध लघुवित्तले आईपिओ निष्काशन गर्ने, नियुक्त गर्याे विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आईपिओ निष्काशनको लागि ग्लोबल आएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेको संस्थाले जनाएको छ ।

कम्पनीले ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २० वर्ष देखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फाल्गुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाको रुपमा ईजाजत प्राप्त गरेसँगै यस वित्तीय संस्थाले आफ्नो वित्तीय कारोबार सुचारु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS