काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले तीन आर्थिक वर्षको साधारण सभा जेठ २४ गते गर्ने भएको छ ।कम्पनीले सभा बिहान ११ बजे शाखा कार्यालय कुपण्डोल ललितपुरमा हुने जनाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७४/७५,२०७५/ ७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनको अधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपातलाई पारित गर्ने लगायतका एजेण्डा रहेका छन् ।