IME Life New

एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ ।

प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिने भएको छ ।

Esewa
Crest

एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो ।

उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरि लगानी गरिने छ ।

लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने छ । सोही अनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोश्रो बजारमा सूचिकृत सम्पूर्ण समूह उपसमूहमा समावेस भएका कम्पनीहरुबाट समेत छनौट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूह उप–समूहको प्रतिनिधित्व गर्ने भएकोले एन आई सी एशिया सेलेक्ट–३० फण्डलाई इन्डेक्स फण्ड भनिएको हो ।

विशेषत सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुन सक्नेछ र निश्चित समय पछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मुल्याङ्गकन गरि ३० भन्दा बढी नहुने गरि कायम गरिनेछ ।

हाल एन आई सी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ । उक्त योजनाको विशेषता भनेको धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुलाई स्माल क्याप, मिड क्याप र लार्ज क्याप गरि तीन बर्गमा विभाजन गरि उक्त बर्गहरुबाट उत्किृष्ट मानिएका कम्पनीहरु छनौट गरि लगानी गर्ने रहेको छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS