काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १२६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
गत आर्थिक बर्षमा संस्थाले ५२ लाख ७९ हजार नाफा कमाएको थियो । यस अवधिमा संस्थाले १ करोड १९ लाख ६४ हजार नाफा कमाएको छ ।
यस अवधिसम्म कम्पनीले जगेडामा ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ । यस अवधिमा कम्पनीले ३७ करोड ३२ लाख १५ हजार सापटि लिएर,६२ करोड २२ लाख निक्षेप संकलन गरेर ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको छ ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले ४ करोड ९९ लाख ९२ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा वृद्धि भएर ६ करोड ८ लाख ९८ हजार पुगेको हो ।