काठमाडौं । कोरोना संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपालीलाई जोगाउने प्रयासमा नेपाल–बंगलादेश बैंकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आईएफआईसी बैंकसँग मिलेर नेपाल सरकारलाई सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारलाई उक्त सहयोग गरेको हो । बैंकले नेपाल सरकारलाई पाँच ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको हो ।उक्त औषधी बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल–बंगलादेश बैकको संस्थापक आर्ईएफआईसी बैंकको सहयोगमा हस्तान्तरण गरिएको हो ।