IME Life New

थोरै थोरै पैसा लिएर नआउन बैंकहरुको अपिल, ५० हजार भन्दा तलको डिपोजिट नलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएनले साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गरेका छन् । बैंकर्स संघले प्रेश विज्ञप्ती नै जारी गरी ५० हजार भन्दा कम पैसा लिएर निक्षेप जम्मा गर्न नआउन अनुरोध गरेको छ ।

अत्यावस्यक अवस्थामा बाहेक खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने, चेक मार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी कामका लागि बैंकमा नआउन बैकहरुको संघ संघठनले अपिल गरेका छन् ।

Esewa
Crest

कोरोना भाइरसको दोस्रो लहरको असर देश भर फैलिसकेको, नयाँ संक्रमण हरेक दिन ९ हजारको हाराहारीमा हुने गरेको, अक्सिजन, आइसीयु, भेन्टिलेटर आदिको अभाव र अस्पतालमा उपचारका लागि बेड नपाउने जस्ता समेत कारणले मृत्यु हुने संख्या पनि २०० पनि नाघ्न थालेको आदि कारणले कोरोना भाइरसबाट जोगिन स्वनियन्त्रित थप उपायहरु पनि अपाउन सरकारकले अनुरोध गर्दै आएको छ । भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधात्मक आदेश जारी गरिरहेको भन्दै बैंकहरुले बैंकमा भिडभाड नगरिदिन अनुरोध गरेका हुन् ।

यस विषम परिस्थितिले आफु सुरक्षित हुंदै र ग्राहकहरुलाई पनि सुरक्षित गराउदै बैंकिङ् सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि चुनौंति थपिएको उनिहरुको गुनासो छ ।

यिनै कुरालाई मध्ये नजर गर्दै बिकास बैंक एशोसियसन नेपाल तथा बैंकर्स संघको कार्य समितिले डिजिटल बैंकिङ कारोबार गर्न असहज भएको अवस्थामा बैंकले दिएको नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । उनिहरुले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्न भनेका छन् ।

प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र डिजिटल माध्यमबाट कार्य गर्ने गराउने व्यवस्था मिलाउन बैंकहरुलाई अनुरोध गरेका छन् । सूचना प्रबिधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउन बैंकहरुलाई सुझाव दिएका छन् ।

ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्न अनुरोध गरिएको छ । आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्नका लागि सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS