Connect IPS
IME Life

नाडेप लघुवित्तले फिर्ता लियो नियम विपरित शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । नाडेप लघुवित्त वित्तीय संस्थाले नियम विपरित शेयर संचरना परिवर्तन गर्ने विशेष प्रस्ताव फिर्ता लिएको छ । संस्थाले ६ औ वार्षिक साधारणसभामा ७०:३० को शेयर संचरनालाई परिवर्तन गरि ५१:४९ गर्ने विशेष प्रस्ताव गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा स्पष्ट सँग संस्थापक शेयरलाई सर्वसाधारण समुहमा परिणत गर्नका लागि संस्थाले वित्तीय कारोबार सञ्चालन भएको १० वर्ष पुरा गरेको हुनु पर्नेछ भनिएको छ । तर संस्थाले नियम विपरित वित्तीय कारोबार सुरु गरेको ६ वर्षमै यस्तो प्रस्ताव अगाडि सारेको थियो । नियम विपरित प्रस्ताव गरे पछि नेपाल राष्ट्र बैंकले संस्थालाई उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

Prabhu
Crest

संस्थाले शुक्रवार पुनः सार्वजनिक सूचना जारी गर्दै साधारणसभा सभा पनि सारेको छ । साधारणसभाको मिति परिवर्तन सँगै शेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पनि हटाएको हो । संस्थाले जेठ २३ गते ६ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा भर्चुअल माध्यमबाट गर्ने भएको छ ।

संस्थाले अन्य कुनै उपयुक्त संस्था सँग मर्जर गर्ने विशेष अधिकार संञ्चालक समितिलाई दिने भएको छ । यसको प्रस्ताव पनि साधारणसभामा पेश गरिएको छ । संस्थाको शेयर कारोबार गत पुस १६ गतेदेखि लगातार बन्द हुँदै आएको छ । दोस्रो बजारमा कारोबार रोक्का भएकाले बुक क्लोज गर्नु नपर्ने संस्थाले जनाएको छ ।

यो पनि पढ्नु होस्

नाडेप लघुवित्तले नियम विपरित शेयर संचरना परिवर्तनको प्रस्ताव ल्यायो, नविल बैंक संस्थापक भएको संस्थाको यस्तो छ प्रस्ताव  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS