IME Life New

अक्सिजन सम्बन्धी सामाग्री आयात गर्न एक लाख अमेरिकी डलरसम्मको ड्राफ्ट र टिटि मार्फत भुक्तानी दिन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड १९ सँग सम्बन्धित औषधिजन्य सामाग्रीहरु तथा सास्थ्य यपकरणहरुको आयातको हकमा एउटै व्यक्ति तथा सप्लायर्सले एक लाख अमेरिकी डलरसम्मको रकम ड्राफ्ट तथा टिटि को माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । साथै एक लाख अमेरिकी डलर भन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिस सहित स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गर्नु पर्ने छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङ्क, अक्सिजन जेनेरेटर, अक्सिजन म्यानुफ्याकचरिङ प्लान्ट, अक्सिजन डेलिभरी एसोसरिज लगायत अन्य अक्सिजन सम्बन्धी सामाग्री तथा भेन्टिलेटर इक्वीपमेन्ट लगायतका कोभिड १९ को स्वास्थ्य समस्याको उपचारमा सघाउ पुर्याउने जीवन रक्षक स्वास्थ्य सामाग्री उपकरणहरुको आयातको हकमा ड्राफ्ट टिटिको रकम सम्बन्धी सीमा, विजनेस क्रेडिव्लिटि इन्फरमेसन र स्वास्थ सेवा विभागको सिफारिस २०७८ असार मसान्तसम्मका लागि अनिवार्य नहुने व्यवस्था गरिएको छ ।

Esewa
Crest

साथै यस व्यवस्था बमोजिम आयात गर्न आयातकर्ताले विदेशी विनिमय अपचलन भएमा स्वयमं जिम्मेवार हुने स्वः घोषणा बैंक तथा वित्तीय संस्था समक्ष पेश गर्नु पर्नेछ र बैंक तथा वित्तीय संस्थाले यस व्यवस्था बमोजिम आयात भएको विवरण संलग्न मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात कार्य दिनभित्र नेपाल राष्ट्र बैंक समक्ष पेश गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS