काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको शेयर प्रतिकित्ता ४१६ रुपैयाँमा लिलामीमा विक्री खुला गर्न लागेको हो ।
शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
उक्त शेयर खरीदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।