काठमाडौं । पुर्व बैंकर निरज श्रेष्ठको बुधबार बिहान कोरोना संक्रमणका कारण निधन भएको छ । श्रेष्ठको बुबाको पनि हिजो मात्रै कोरोनाका कारण निधन भएको थियो । संक्रमणका कारण केहि दिनदेखि उनि हस्पतालमा थिए । काम विशेषले भारत पुगेका श्रेष्ठ संक्रमित हुन पुगेका थिए । संक्रमण मुक्त भए पनि पछिल्लो समय असहज भए पछि अस्पताल भर्ना भएका थिए । श्रेष्ठका श्रीमति र छोरी छन् ।
सन् १९८९ बाट बैंकिङ करियर सुरु गरेका श्रेष्ठ पछिल्लो समय केहि दिनका लागि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भए । बैंकको बोर्डमा विवाद भए पछि श्रेष्ठ बाहिरिएका थिए । त्यस भन्दा अगाडि उनि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भए । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक सनराइज बैंकमा काम गरेका थिए ।