IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको मुनाफा ९३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ९३ प्रतिशतले वृद्धि भएको छ ।गत आवको तेस्रो त्रैमासमा १ करोड ८२ लाख रुपैयाँ मुनाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर ३ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

चालू आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी,सञ्चालन मुनाफा २ करोड ६८ लाख खराब कर्जा उठाएकाले पनि कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफामा १२१ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको उक्त कम्पनीले जगेडा कोषमा १२ करोड ६७ लाख २५ हजार रुपैयाँ रकम संचित रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS