काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार ८ सय ६३ कित्ता शेयर बिक्री गर्ने भएको छ । उक्त शेयरको न्यूनतम मूल्य १३० रुपैयाँ तोकिएको छ ।
संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक सेयरधनीहरुलाई सुचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।