Connect IPS
IME Life

जेठ ५ गतेबाट प्रभु सेलेक्ट फन्डमा आबेदन दिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु सामुहिक लगानी कोष अन्तरगत प्रभु सेलेक्ट फण्डले आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ ।

Prabhu
Crest

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गते बाट छिटोमा जेष्ठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS