काठमाडौं । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।यस त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५२।७९५ ले घटेर १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ संचालन नाफा कमाएको संस्था यो वर्ष १ करोड ७४ लाख ४६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । यता, खराब कर्जा पनि १३।६८ प्रतिशतले बढेर १५।३८ प्रसिशत पुगेको छ ।
संस्थाको हालको प्रतिसशेयर आम्दानी पनि ३० रुपैयाँ ७४ पैसाले घटेर २० रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ १३ पैसा छ ।