IME Life New

माउण्टेन इनर्जी नेपालको खुद नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ९ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ५ करोड ५२ लाख नाफा आर्जन गरेको थियो । बिद्युत बिक्रीबाट गर्ने आम्दानी घटेसँगै कम्पनीको नाफा समेत घट्न पुगेको छ ।

गत वर्ष १० करोड ६९ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङको लागि ३४ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ ।
कम्पनीकोे प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसा र प्रतिसशेयर नेटवर्थ १३० रुपैयाँ ८८ पैसा छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS