Connect IPS
IME Life

नाडेप लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११ करोड ३७ लाख ६० हजार खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले यस अवधिसम्म ७ लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

गत वर्ष २४ लाख ४८ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष  १७ करोड ७८ लाख २८ हजार सञ्चालन नाफा गरेसँगै खुद नाफमा उल्लेख्य वृद्धि भएको हो । यस वर्ष कम्पनीले ६७ लाख ६९ हजार खराब कर्जा उठाएको छ । खुद ब्याज आम्दानी पनि यसवर्ष ८० प्रतिशत बढी ३६ करोड ७ लाख ९६ हजार भएको छ ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा ७६ दशमलव ५७ प्रतिशत बढी ३२ करोड ६८ लाख ४८ हजार कायम भएको छ । कम्पनीले यस वर्ष १ अर्ब ५० करोड ९५ लाख २१ हजार निक्षेप संकलन गरेको छ भने ४ अर्ब ३६ करोड २९ लाख ८७ हजार कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन गत वर्षभन्दा १० प्रतिशत र कर्जा प्रवाह ५ प्रतिशत बढी भएको हो ।

यसवर्ष कम्पनीले गत वर्षभन्दा १३ प्रतिशत कम २ अर्ब ७ करोड ५० लाख ९७ हजार कर्जा सापटी लिएको छ । गत वर्ष ८ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव ७४ प्रतिशतमा झरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ४७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS