काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ४९ दशमलव ४० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ३ हजार ६११ रुपैयाँ कायम गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू। ५ हजार ३९५ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।