IME Life New

युनियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ५९ प्रतिशत बढ्यो, १ अर्ब ४५ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजसिनक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अबर्श २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब २३ करोड २९ लाख बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ५९ प्रतिशतले वृद्धि भएको छ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ७ प्रतिशतले घटेर ८ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ७० करोड ५० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ३९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो ।

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको आम्दानीमा भने ४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानी १५ करोड ४७ लाख रुपैयाँ आम्दानी भएकोमा चालू आवको सोही अवधिमा १६ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा ३ सय ४२ वटा बीमा दाबी वापत १ अर्ब ४५ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ भने ३० वटा बीमा दाब्री वापत १ करोड २७ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ र जीवन बीमा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ रकम संचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS