IME Life New

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३७ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३७ प्रतिशतले वृद्धि भएको छ।

समिक्षा अवधिमा कम्पनीले २२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा २५ प्रतिशतले बढेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा समेत सुधार आएको छ।

Esewa
Crest

चैत मसान्तसम्ममा कम्पनीले ८७ करोड ३१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ भने १ करोड २ लाख रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकि रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोडरुपैयाँ छ भने जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार र जीवन बीमा कोष १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँ संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसशेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS