IME Life New

आजसम्म शेयर किन्नेले जनउत्थान सामुदायिक लघुवित्तको ५२ प्रतिशत लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि बैशाख २३ गते (एक दिन) बुक क्लोज गर्ने तयारी गरेको छ । त्यसैले बुक क्लोजको आधारमा आज बैशाख २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

संस्थाले बैशाख ३० गते १०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले होटल न्यू इरा, बुटवल, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे सभा गर्ने जनाएको छ । कम्पनीको बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ४९ दशमलव ४० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ५० करोड पुर्‍याउने, बोनश जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्ता पूँजी वृद्धि गरी कम्पनीको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, यस कम्पनी र अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पनि रहेको छ ।

त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने र स्वतन्त्र सञ्चालकको मनोनयन अनुमोदन पनि गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS