IME Life New

मानुषी लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य बृद्धि भएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा संस्थाको नाफा १२६ प्रतिशतले वृद्धि भएको छ ।

चुक्ता पूँजी ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा ३ करोड ४२ लाख ८२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

Esewa
Crest

गत आवको तेस्रो त्रैमासमा ५२ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर १ करोड १९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७१ करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वषको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ३२ लाख रुपैयाँ सापटि लिएर ६२ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९८ करोड ११ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS