काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा १७ प्रतिशतले घटेर १ करोड ७१ लाख रुपैयाँ सिमित भएको छ । गत वर्षको सोहि अवधिमा संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
हाल संस्थाको चुक्तापूँजी १३ करोड २० लाख रहेको छ भने जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ संचिती रहेको छ ।
यस अवधिसम्म संस्थाले १ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो नाफा ४० प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा संस्थाले ३ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा रहेको छ ।