काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले यस त्रैमासको अवधिसम्ममा ४४ करोड ८३ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ३ प्रतिशतले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी १० दशमलव ८४ प्रतिशतले घटेपनि सञ्चालन नाफा २ दशमलव ७४ प्रतिशतले बढेको छ । जसका कारण खुद नाफामा झिनो मात्रामा भएपनि सुधार देखिएको हो ।
बैंकको हालको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ ६६ पैसाले घटेर १७ रुपैयाँ ५४ पैसामा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ ।