IME Life New

नाडेप लघुवित्तले बोलायो छैटौं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन, काठमाडौंमा बिहान ११ बजे गर्ने संस्थाले जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत संस्थाले बताएको छ ।

Esewa
Crest

सभामा कम्पनीको शेयर संरचना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने, यस कम्पनीका लागि गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धि प्रस्ताव आएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।

मर्जर प्रक्रियाको लागि कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकोले छैटौं वार्षिक साधारण सभामा शेयर दाखेला खारेज बन्द यथावत रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS