IME Life New

खुद ब्याज र संचालन आम्दानी घट्दा लुम्बिनी विकास बैंकको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सावर्जनिक गरेको छ। बैंकले यस त्रैमासको अवधिसम्ममा ४२ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा बैंकको नाफा ३ प्रतिशतले घटेको छ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा क्रमशः ५ दशमलव ९६ प्रतिशत र ५ दशमलव २२ प्रतिशतले घटेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा नाफा घट्न पुगेको छ।गत वर्ष ९० करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर ८४ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

Esewa
Crest

बैंकको हालको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा (वार्षिक) रे प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैयाँ ६७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS