काठमाडौं । ङादी गु्रप पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा आइपुग्दो २ करोड ८० लाख रुपैयाँ नाफा आर्जज गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४० प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा पनि घट्न पुगेको हो ।अघिल्लो आर्थिक वर्ष १० करोड ४३ लाख रुपैयाँ रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष ७ करोड ५३ लाख रुपैयाँमा सिमित भएको छ।
कम्पनीको हालको चुक्ता पुँजी ५८ करोड ५१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड १६ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १ सय ७ रुपैयाँ ०७ पैसा रहेको छ ।