Connect IPS
IME Life

व्याजदर घट्दा इन्फ्राष्ट्रक्चर बैंकको मुनाफामा देखिएन सुधार, १२ अर्बको लगानी स्वीकृत हुँदा २ अर्ब मात्रै प्रवाह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफामा सामान्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा ५८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो ।

पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले अहिलेसम्म जम्मा दुई अर्ब १९ करोड रुपैयाँ मात्रै लगानी गरेको छ । बैंकले चैतमसान्तसम्ममा १२ अर्ब ६१ करोड रुपैयाँको लगानी संझौता गरिसकेको छ । यो संझौता अहिले भए पनि आयोजनाले निर्माणको विभिन्न चरणमा लैजाने भएकाले बैंकले प्रतिबद्धता बापतको ठुलो रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर राखिरहेको छ ।

Prabhu
Crest

हाल बैंकले अन्य बैंकहरुमा १९ अर्ब ६६ करोड रुपैयाँ बचतको रुपमा जम्मा गरेर राखेको छ । यसै वर्ष सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँ शेयर जारी गरेको थियो । उक्त शेयर पूँजी बापतको रकम पनि बैंकमा निक्षेपको रुपमा जम्मा गरेर राख्नु परेको छ ।

प्राथमिक शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब १५ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको आम्दानीको प्रमुख स्रोत व्याज आम्दानी थोरैले मात्रै बढेको छ । बैंक तथा वित्तीय संस्थाले व्याजदर घटाउदा बैंकको आम्दानी प्रभावित भएको हो । यस्तो आम्दानी ९३ करोड ५२ लाख रुपैयाँ मात्रै छ । पूँजी बृद्धि सँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँबाट खुम्चिएर तीन रुपैयाँमा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS