Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोडको ऋणपत्र निष्काशन अनुमति पायो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० वर्ष अवधिको ७५ करोड रुपैयाँको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” को इकाई निश्कासनका अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो ।

यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) १००० रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्कासन गर्नेछ ।

Prabhu
Crest

उक्त ७५ करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र (सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गर्नेछ ।

ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउने भएको छ । बैंकको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

बैंकले मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS