काठमाडौं । सिटिजन्स बैंकले रौतहटको गरुडामा नयाँ शाखा विस्तार गरेको छ ।नयाँ शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुको साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुराउने विश्वास बैंकले लिएको छ।
आफनो विभिन्न सेवा अन्तर्गत साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने बैंकले जनाएको छ ।

















