काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले चालु आथिृक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकको नाफा गत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको यस अवधिमा २३ दशमलव ७९ प्रतिशतले बढी हो ।
कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकले ११ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ ।
चुक्तापूँजी ८१ कारोड ११ लाख रुपैयाँ रहेको बैंकले जगेडा कोषमा २६ करोड ९४ लाख ८५ हजार, रिटेन्ड अर्निङमा १९करोड ५७ लाख र शेयर प्रिमियममा ४८ लाख ९० हजार सञ्चित रहेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा ३६ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५७ पैसा रहेकोमा चालू आवको सोही अवधिमा बढेर १९ रुपैयाँ ३६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २९ दशमलव शून्य ९ गुणा, तरलता अनुपात २६ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा रहेको छ ।