Connect IPS
IME Life

इन्फिनिटी लघुवित्तको नाफासँगै अधिकांश सूचक सकरात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्ममा १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिको तुलनामा संस्थाको नाफा १८६ दशमलव २९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा संस्थाले ३ करोड ६५ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

हालसम्म चुक्ता पुँजी २६ करोड ६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ६४ लाख २१ हजार रुपैयाँ छ ।

Prabhu
Crest

यस त्रैमाससम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ८६ दशमलव १५ प्रतिशतले बढेर १९ करोड २८ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा संस्थाले १० करोड ३५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा १५ करोड २८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा संस्थाको संचालन मुनाफा १६३ दशमलव २४ प्रतिशतले धेरै हो । गत वर्षको सोहिअवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ८० लाख ६३ हजार रुपैयाँमा सीमित थियो ।

प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS