IME Life New

माछापुच्छ्रे बैंकको नाफामा देखियो सामान्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको अधिंकाश सूचकहरुमा सामान्य सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ६१ प्रतिशत वृद्धि धएको हो ।

Esewa
Crest

यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ४ दशमलव ०९ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १३ दशमलव ६२ प्रतिशत र सञ्चालन मुनाफा ९ दशमलव २५ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ८२ पैसा बढेर १९ रुपैयाँ १ पैसा पुगेको छ।

चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८ दशमलव ५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३० पैसा रहेको छ।गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ७ दशमलव ०३ प्रतिशत बढेको छ भने जगेडा कोष १३ दशमलव ९३ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS