IME Life New

सिद्धार्थ बैंकको खुद नाफा ५४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा ५४ प्रतिशतले वृद्धि भएको छ। बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ६ करोडरुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको चैतसम्म बैंकले एक अर्ब ३३ करोड ९९ लाख नाफा गर्न सफल भएका छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप २३ दशमलव ४२ प्रतिशत तथा कर्जा २३ दशमलव ८६ प्रतिशत बढेको छ। चैत मसान्तसम्म बैंकमा एक खर्ब ७२ अर्ब निक्षेप तथा एक खर्ब ५३ अर्ब रुपैयाँ कर्जा परिचालन भएको छ। बैंकको वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ छ।

Esewa
Crest

बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ८९ पैसा छ।बैंकको हालको चुक्ता पुँजी १० अर्ब ९६ करोड र जगेडाकोषमा ८ अर्ब ९७ करोड रुपैयाँ रकम संचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS