IME Life New

छिमेक लघुवित्तको नाफा ५९% ले बढ्यो, अधिकांश सूचक उत्साहजनक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ९५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा ५९ दशमलव ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब ९० करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Esewa
Crest

समीक्षा अवधिसम्ममा २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० दशमलव ९० प्रतिशतले बढी हो। यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६७ दशमलव ४३ प्रतिशतले बढी हो ।

चैत मसान्तसम्ममा लघुवित्तको निष्कृय कर्जा अनुपात ० दशमलव ५५ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५० पैसाले बढेर ६९ रुपैयाँ ६५ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.५८ गुणा बढी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS