काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।
कम्पनीले आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता र छिमेक लघुवित्तको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला हुने भएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य ४३५ रुपैयाँ र छिमेक लघुवित्त न्यूनतम मूल्य ६०० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ ।