काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइसीएफसी फाइनान्सले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको भन्दा ६५ दशमलव ७३ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको यसैअवधिमा फाइनान्सले १० करोड ७३ लाखरुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १० करोड ३० लाख रुपैयाँ रहेको छ ।
यसको संचालन नाफा ६५ दशमलव ९१ प्रतिशतले बढेर २५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १५ करोड २९ लाखरुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
त्यस्तै फाइनान्सको खुद ब्याज आम्दानी भने २९ दशमलव ८८ प्रतिशतले घटेर २२ करोड ९३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३२ करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
फाइनान्सको हालको चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
फाइनान्सले १४ अर्ब ३३ करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब २२ करोड ७९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।