काठमाडौं । कुमारी बैंकको नाफा ७९.५८ प्रतिशतले बढेको । बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब एक करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ३९.०४ प्रतिशतले बढेको छ । यहि अवधिमा बैंकले तीन अर्ब ८२ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । ९ महिनाको अवधिमा ९.५७ प्रतिशतले निक्षेप बढ्दा कर्जा लगानी भने १६.५५ प्रतिशतले बृद्धि भएको छ । तेस्रो त्रैमासिक अवधिमा बैंकले एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
खराव कर्जा ०.११ प्रतिशत विन्दुले बढेर १.०९ प्रतिशत पुगेको छ । बैंकको कष्ट अफ फण्ड २.४७ प्रतिशत विन्दुले घटेर ५.०९ प्रतिशतमा झरेको छ । स्प्रेड दर पनि १.४६ प्रतिशत विन्दुले घटेर ३.१९ प्रतिशत मात्रै छ । आधार व्याजदर पनि ३.०२ प्रतिशत विन्दुले घटेर ७.६३ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँले बढेर १७ रुपैयाँ पुगेको छ ।