IME Life New

एनआईसी एशिया लघुवित्तको नाफासँगै अधिकांश सूचक बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २४७ दशमलव ९३ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२ दशमलव ९४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २२० दशमलव १८ प्रतिशतले बढेको छ।

Esewa
Crest

चैत मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ७३ दशमलव १६ प्रतिशतले बढेको छ । लघुवित्तको जगेडा कोष २४९ दशमलव ५७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १४४ दशमलव २३ प्रतिशत, निक्षेप १७२ दशमलव ८२ प्रतिशत र कर्जा लगानी ११९ दशमलव ७५ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा लघुवित्तको गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ० दशमलव ३२ प्रतिशत रहेको लघुवित्तको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १ दशमलव ४९ प्रतिशत पुगेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा बढेर ३२ रुपैयाँ ७५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५१.८८ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS