IME Life New

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका वडा नं६, ठुलादुर्लुङ र सप्तरीको खड्क न.पा वडा नं.११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

दुुुई शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम खड्क न।पा वडा नं११ का वडा अध्यक्ष राम कृष्ण चौधरी र प्रदेश प्रमुख रोहित कुमार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Esewa
Crest

महाङ्काल शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन महाङ्काल गाउँपालिका वडा नं. ६ का वडा सचिव इश्वरा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरुले एटिएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS