काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको कम्पनीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक शेयर बैशाख २ गतेदेखि बैशाख ८ गते सम्मका लागि लिलामीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएकाको छ । त्यसकारण सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले रितपूर्वक आवेदन दिनको लागि कम्पनीले सूचनामार्फत आग्रह गरेको छ । आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।