काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीको साधारण आज हुँदैछ । अजोड इन्स्योरेन्स कम्पनीले सभा युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा बिहान ११ बजे गर्न लागेको हो ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा दुई जनाको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, कालिका लघुवित्तले बिहान ८ बजे होटल टास्क इन्टरनेशनल प्रालि कास्कीमा साधारण सभा बोलाएको हो । सभाले गत आवको मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।