IME Life New

तेस्रो त्रैमासमै मुक्तिनाथ विकास बैंक अर्बपति क्लबमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेस्रो त्रैमासिक अवधिमै मुक्तिनाथ विकास बैंक अर्बपति क्लबमा उक्लिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गत वर्षको यहि अवधिको तुलनामा बैंकले ४८.७५ प्रतिशलते मुनाफा बढाएको छ । गत वर्षको यहि अवधिमा ६७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ११.८२ प्रतिशलते बढेको छ । यहि अवधिमा बैंकले एक अर्ब ८९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । तेस्रो त्रैमासिक अवधिमा ६७ अर्ब ७९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६८ अर्ब ५७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

Esewa
Crest

खराब कर्जा गत वर्ष ०.०९ प्रतिशत मात्रै रहेकोमा यस वर्ष ०.२१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँले बढेर २७ रुपैया पुगेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ८४ करोड रुपैया जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS