काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।
उक्त ट्रेजरी बिलको बोलकबोल आज दिउँसो ३ बजे भएर भोलि जारी हुनेछ ।
बैंकले ५ अर्बको ट्रेजरी बिल जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यस बिल आउँदो कात्तिक २ गते परिपक्व हुनेछ ।
त्यस्तै, २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यस बिल आउँदो साउन ५ गते परिपक्व हुने जनाएको छ ।