IME Life New

कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृद्धि, अधिकांश सूचक सकरात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकमा सकरात्मक देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १७२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Esewa
Crest

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि बृद्धि भएको छ । यस अवधिम्ममा कम्पनीको खुद ब्याज आम्दानी २५ दशमलव ७३ प्रतिशतले बृद्धि भई १ अर्ब ७ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्ममा बैंकको सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ । तेस्रो त्रैमाससम्ममा बैंकले ५९ करोड ९७ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३० करोड ६३ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो ।

बैंकको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४७ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहको छ । प्रतिशेयर नेटवर्थ १ सय १४ रुपैयाँ ३५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS