IME Life New

समता घरेलु लघुवित्तको एकीकृत वित्तीय कारोवार शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।समता लघुवित्त वित्तीय र घरेलु लघुवित्त वित्तीय संस्था बिच नियमानुसार एक आपसमा गाभ्ने गाभिने (मर्जर) कार्य सम्पन्न भएको छ।

दुई लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा, काभ्रेमा रहने गरी आजदेखि समता घरेलु लघुवित्त वित्तीय संस्था लि.को नामबाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ एक औपचारिक कार्यक्रमको बिच मिराबल होटल एण्ड रिर्सोट, धुलिखेलमा सम्पन्न भएको हो ।

Esewa
Crest

गाभिए पश्चात् कायम हुने सञ्चालक समितिको अध्यक्ष डम्मरमणी थेवे लिम्वुको अध्यक्षतामा, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिङ बडे श्रेष्ठको प्रमुख आतिथ्यता तथा उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य सुर कृष्ण बैद्यको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

एकीकृत वित्तीय कारोवार हुनु अघि र पछिको मूख्य वित्तीय विवरणहरु संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले प्रस्तुत गरेका थिए ।

नेपाल राष्ट्र बैकले लघुवित्त संस्थाहरुलाई गरेको पछिल्लो निर्देशन साथै संस्थाको आवश्यकता बमोजिम दुई वित्तीय संस्था विच गाभ्ने गाभिने कार्य सम्पन्न गरिएको र आगामी दिनमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) कार्यलाई निरन्तरता दिदै नमुना लघुवित्त संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको वित्तीय संस्थाको अध्यक्ष डम्मरमणि थेवे लिम्वुले कार्यक्रममा बताएका थिए ।

नेपाल राष्ट्र बैकको डेपुटी गभर्नर बम बहादुर मिश्रले दुई वित्तीय संस्था गाभ्ने गाभिने कार्य सम्पन्न भएकोमा बधाई तथा शुभकामना सन्देश पठाएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि लगायत नेपाल लघुवित्त बैकर्स संघको सचिव प्रमेश आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका प्रवन्धक विश्वराज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS