काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र दरबारमार्गस्थित किंग्स लाउञ्जबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
किंग्स लाउञ्जसँगको यो सहकार्यपछि बैंकका कार्डवाहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।
हासम्म बैंकले १६७ शाखा, ११३ एटिएम र १०७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।