काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले दुई जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाले दुई जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको हो ।
सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा प्रकाश कुमार श्रेष्ठ र लेकसिटी होल्डिङस् प्रालिको तर्फबाट विश्व मोहन अधिकारीलाई निर्वाचित गरेको बै.कले जनाएको छ ।